नियम २६ख
बोर्डले व्यवसायिक मर्यादा तोक्न सक्ने

(१) बोर्डले धितोपत्रको विनिमयलाई स्वच्छ, स्वस्थ्य र व्यवस्थित गराउन धितोपत्र व्यवसायीले धितोपत्र विनिमय गर्दा
पालन गर्नु पर्ने व्यावसायिक मर्यादा तोक्न सक्नेछ ।
(२) धितोपत्र बजारले धितोपत्र व्यवसायीलाई आफ्नो सदस्यता प्रदान गर्नु अघि उपनियम (१) बमोजिम तोकिएको व्यावसायिक मर्यादा पालन गर्ने गराउने सम्बन्धमा आवश्यक कबुलियत गराउन सक्नेछ ।